हिमालयन लाइफको शाखा प्रबन्धक सम्मेलन सम्पन्न
- BFIS News
- 2026 Aug 20 15:01
काठमाडौं, भदौ ४ गते । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा ‘Branch Manager Conference’ सम्पन्न गरेको छ।
सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ मा १०० प्रतिशत वा सोभन्दा बढी लक्ष्य हासिल गर्न सफल देशभरका शाखा प्रबन्धक तथा मार्केटिङ एक्जिक्युटिभलाई सम्मान गरिएको थियो।
कार्यक्रममा कम्पनीका प्रमुख व्यवसाय अधिकृत नवीन थापाले बजारको बदलिँदो अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायलाई दिगो तथा सन्तुलित रूपमा वृद्धि गर्न सफल भएकोमा शाखा तथा सम्पूर्ण टिमलाई धन्यवाद दिए।
कर्पोरेट हेड धिरज ठाकुरले कर्पोरेट व्यवसायले संस्थाको दीर्घकालीन व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्याउन सक्ने बताए।
यस्तै, प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद ढुंगानाले कम्पनीको नवीकरण व्यवसायमा उल्लेखनीय सुधार भइरहेको बताए। नवीकरण व्यवसायलाई संस्थागत रूपमा मजबुत बनाउन सबै तहबाट प्राप्त सहयोग कम्पनीको आगामी वृद्धिको महत्वपूर्ण सूचक रहेको उनको भनाइ थियो।
कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले लक्ष्य हासिल गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै कम्पनीले अघि सारेको ‘Connect, Innovate & Excel’को भावनालाई आत्मसात् गर्दै निरन्तर उत्कृष्टता हासिल गर्न सबैलाई प्रेरित गरे।
कम्पनीका प्रशिक्षण प्रमुख हर्कबहादुर बुढाथोकी तथा अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर सइद अब्जाद अहमद जियाउले प्रशिक्षण तथा प्रेरणादायी प्रस्तुति दिएका थिए। प्रशिक्षणले सहभागीमा सकारात्मक सोच, नेतृत्व क्षमता र व्यावसायिक उत्कृष्टताका लागि थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।
सम्मेलनमा कम्पनीका सातवटै प्रदेशका प्रदेश प्रमुख तथा उप–प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।
सम्मेलन उपलब्धिको सम्मान, अनुभव आदान–प्रदान, नेतृत्व विकास तथा आगामी दिनमा उत्कृष्ट व्यावसायिक परिणाम हासिल गर्ने लक्ष्यसहित सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्यक्रममा उत्कृष्ट उपलब्धिको सम्मान गर्दै नयाँ लक्ष्यसहित दिगो सफलताको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया