काठमाडौँबाट सुरु भयो नेपालको पहिलो क्वान्टम कम्प्युटिङ कम्पनी
- BFIS News
- 2026 Aug 21 17:27
काठमाडौँ । नेपालमा पहिलोपटक क्वान्टम कम्प्युटिङ कम्पनी सञ्चालनमा आएको छ । ScaleBuild AI का CEO तथा World AI Alliance का Founding President उज्ज्वल रोयको नेतृत्वमा Quantum Superintelligence Pvt. Ltd. ले काठमाडौँबाट औपचारिक रूपमा आफ्नो सञ्चालन सुरु गरेको हो ।
Quantum Superintelligence नेपालको पहिलो क्वान्टम कम्प्युटिङ कम्पनी भएको दाबी गरिएको छ । कम्पनीको स्थापनासँगै नेपालले विश्वकै तीव्र गतिमा विकास भइरहेको डीप टेक्नोलोजीको क्षेत्रमध्ये एक क्वान्टम कम्प्युटिङमा प्रवेश गरेको छ ।
कम्पनीले २० जना इन्जिनियर तथा विशेषज्ञको प्रारम्भिक टोलीसहित काम सुरु गरेको जनाएको छ । माग बढ्दै जाँदा कम्पनीले आफ्नो जनशक्ति तथा सञ्चालनलाई उल्लेख्य रूपमा विस्तार गर्ने योजना बनाएको छ ।
Quantum Superintelligence ले हाल अमेरिकास्थित QuantumX Corporation का लागि समर्पित ब्याक अफिस तथा प्रविधि सञ्चालन साझेदारका रूपमा काम गरिरहेको छ । QuantumX Corporation यसअघि Two Hands Corporation का नामबाट परिचित थियो र QUTX टिकरअन्तर्गत कारोबार गर्ने अमेरिकी क्वान्टम कम्प्युटिङ कम्पनी हो ।
QuantumX ले हालै EntangleX नामक २६-क्युबिट quantum simulator सार्वजनिक गरेको छ । यसले prediction markets का लागि Monte Carlo simulations सञ्चालन गर्न सक्षम बनाउने बताइएको छ । EntangleX मार्फत विश्लेषक तथा बजार प्लेटफर्महरूले ठूलो स्तरका probabilistic simulations सञ्चालन गर्न सक्नेछन्, जसले forecasting, risk modeling र market intelligence का क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने कम्पनीको भनाइ छ ।
क्वान्टम कम्प्युटिङ सामान्य कम्प्युटरभन्दा फरक प्रविधिमा आधारित हुन्छ । परम्परागत कम्प्युटरले सूचना प्रशोधनका लागि bit प्रयोग गर्छ, जसले ० वा १ को अवस्था प्रतिनिधित्व गर्छ । क्वान्टम कम्प्युटरले भने quantum bit अर्थात् qubit प्रयोग गर्छ । Qubit ले quantum superposition जस्ता गुणका कारण परम्परागत कम्प्युटिङभन्दा फरक ढंगले सूचना प्रशोधन गर्न सक्छ । Quantum entanglement लगायतका quantum गुणको प्रयोगमार्फत केही विशेष जटिल समस्या, simulation र optimization का क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।
Quantum Superintelligence का संस्थापक उज्ज्वल रोयले नेपालमा असाधारण इन्जिनियरिङ प्रतिभा रहेको भन्दै क्वान्टम कम्प्युटिङ प्रविधिको अर्को ठूलो frontier भएको बताएका छन् । काठमाडौँबाटै विश्वस्तरीय quantum software निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य कम्पनीको रहेको उनको भनाइ छ ।
रोयसँग Micron, Intel, IBM र Meta मा काम गरेको १५ वर्षभन्दा बढीको इन्जिनियरिङ अनुभव रहेको कम्पनीले जनाएको छ । AI कम्पनी निर्माण तथा विस्तारमा समेत अनुभव हासिल गरेका रोयले नेपालको राष्ट्रिय AI नीतिका विषयमा नेपाल सरकारलाई सल्लाह दिएका छन् । साथै, नेपालको पहिलो National AI Policy को मस्यौदा तयार गर्ने समितिको अध्यक्षतासमेत उनले गरेका थिए ।
Quantum Superintelligence को सञ्चालनसँगै नेपालमा उच्च मूल्यका प्रविधि रोजगारी सिर्जना हुने, quantum software development मा स्थानीय विशेषज्ञता विकास हुने तथा नेपालको बढ्दो IT क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी आकर्षित हुने अपेक्षा गरिएको छ ।
कम्पनीले quantum software विकास गर्नुका साथै अन्तर्राष्ट्रिय quantum computing partners का लागि engineering तथा operations support उपलब्ध गराउने जनाएको छ । नेपालको quantum technology talent लाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै नेपाललाई quantum technology talent को hub का रूपमा विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया