नाडा अटो शोअघि नेपाल बैंकको विशेष 'अटो लोन' योजना, आधार दरमा ०.४९ प्रतिशत मात्रै प्रिमियम
- BFIS News
- 2026 Aug 24 10:29
काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सरल, सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
नाडा अटो शो २०८३ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। शोमा प्रदर्शनीमा राखिएका जुनसुकै ब्रान्डका नयाँ सवारीसाधन खरिदका लागि नेपाल बैंकबाट अटो लोन लिने ग्राहकले बैंकको आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी कायम हुने ब्याजदरमा कर्जा पाउनेछन्।
बैंकले अटो लोनको प्रशासनिक सेवा शुल्कसमेत घटाएर ०.५ प्रतिशत कायम गरेको छ। यसले सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकको प्रारम्भिक लागत घटाउने अपेक्षा गरिएको छ।
यस्तै, उक्त कर्जा सुविधा लिने ग्राहकले निःशुल्क आजीवन क्रेडिट कार्ड प्राप्त गर्नेछन्। क्रेडिट कार्डको अधिकतम सीमा ३ लाख रुपैयाँसम्म रहने बैंकले जनाएको छ।
नेपाल बैंकले नाडा अटो शोमा सहभागी हुने दर्शक तथा सर्वसाधारणलाई बैंकको नजिकको शाखामा सम्पर्क गरी बैंकका पछिल्ला वित्तीय सेवा तथा अटो लोन सुविधाबारे जानकारी लिन आग्रह गरेको छ।
बैंकका अनुसार यो योजना विद्युतीय सवारीसाधनसहित नयाँ निजी तथा व्यावसायिक प्रकृतिका विभिन्न प्रकारका सवारीसाधन खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया