NIMB Header 2
Nepal Life

ग्लोबल फिनटेक फेस्टमा नेपालको आइमार्क ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 24 13:57
ग्लोबल फिनटेक फेस्टमा नेपालको आइमार्क ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयन
United Ajod

काठमाडौं । नेपाली डिजिटल भुक्तानी सेवा प्रदायक आइमार्क प्रालि भारतको मुम्बईमा आयोजना हुने ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ।

Nepal Life
NIMB

अन्तर्राष्ट्रिय फिनटेक क्षेत्रका कम्पनी, बैंक तथा वित्तीय संस्था र नियामक सहभागी हुने सम्मेलनमा आइमार्कसहित पाँच कम्पनी उक्त विधाको सर्टलिस्टमा परेका छन्।

सेप्टेम्बर ८ देखि ११ सम्म सञ्चालन हुने जीएफएफमा बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक निकाय, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ। ‘बेस्ट पेमेन्ट्स सोलुसन’का लागि आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट छनोट भएका छन्। गत वर्ष उक्त विधाको अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएमले पाएको थियो।

यस वर्षको सम्मेलनको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ। कार्यक्रममा एजेन्टिक एआई, टोकनाइजेसन, क्वान्टम प्रविधि, डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा तथा डिजिटल रूपान्तरणलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ताको सहभागिता अपेक्षा गरिएको छ। ८० भन्दा बढी देश तथा ८० भन्दा बढी नियामक निकायका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुनेछन्।

आइमार्कले डिजिटल भुक्तानीका लागि सुरक्षित र भरपर्दो समाधान विकासमा काम गर्दै आएको जनाएको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले टोलीको प्रयास तथा ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा कम्पनी छनोट भएको बताए।

अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्वपूर्ण विधामा नेपाली कम्पनी मनोनयनमा पर्नुले नेपालमा विकास भइरहेका डिजिटल भुक्तानी प्रविधिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थान बनाउन थालेको संकेत गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया