NIMB Header 2
Nepal Life

न्युन बैंक व्याजदरको समयमा प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको आकर्षक लाभांश, १२ प्रतिशत नगद दिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 24 10:42
न्युन बैंक व्याजदरको समयमा प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको आकर्षक लाभांश, १२ प्रतिशत नगद दिने
United Ajod

काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गरेका प्रभु सेलेक्ट फन्ड (पीएसएफ) र प्रभु स्मार्ट फन्ड (पीआरएसएफ) ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। बैंकहरुले २/३ प्रतिशत व्याजदर दिइरहदा क्यापिटलका दुई फण्डले भने आकर्षक प्रतिफल दिने भएका हुन्। 

Nepal Life
NIMB

प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश तथा प्रभु स्मार्ट फन्डका इकाईधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रभु सेलेक्ट फन्ड ७ वर्षे परिपक्व अवधि भएको बन्दमुखी म्युचुअल फन्ड हो भने प्रभु स्मार्ट फन्डको परिपक्व अवधि १० वर्ष रहेको छ।

दुवै म्युचुअल फन्डको प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने कोष व्यवस्थापकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हाल्दै आएको छ।

लाभांश प्राप्त गर्न योग्य इकाईधनी निर्धारणका लागि बुक क्लोज हुने मिति भने कम्पनीले पछि घोषणा गर्ने जनाएको छ। प्रभु सेलेक्ट फण्डको प्रति इकाइ ११.९० रुपैयाँ छ भने प्रभु स्मार्ट फण्डको प्रतिइकाइ मूल्य १२.९५ रुपैयाँ छ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया