सानिमा ग्रोथ फन्डले घोषणा गर्यो ५ प्रतिशत नगद लाभांश
- BFIS News
- 2026 Aug 24 11:50
काठमाडौं। सानिमा ग्रोथ फन्डले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाइधनीलाई ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।फन्डको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशबापत कुल ३ करोड ३६ लाख रुपैयाँ वितरण हुनेछ।
सानिमा ग्रोथ फन्ड ११ वर्षे अवधिको बन्दमुखी म्युचुअल फन्ड हो। फन्डको प्रवर्द्धक सानिमा बैंक लिमिटेड रहेको छ भने व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गर्दै आएको छ।
फन्डको असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य (एनएभी) प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा रहेको छ। लाभांश वितरणका लागि फन्डले भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार भदौ १७ गतेसम्म फन्डको इकाइधनी कायम रहेका लगानीकर्ता घोषित ५ प्रतिशत नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया