NIMB Header 2
Nepal Life

सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 24 12:29
सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ
United Ajod

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ।

Nepal Life
NIMB

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्य एकैदिन ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ। तेजाबी सुन आज प्रतितोला ३ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया