बीमा बजारमा नेपाल लाइफको दबदबा: हरेक सूचकमा अब्बल, बीमितले पाउने प्रतिफल दिगो र उच्च
- BFIS News
- 2026 Aug 24 14:12
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई थप बलियो बनाउँदै लगेको छ। विशाल बीमा कोष, २२ लाखभन्दा बढी बीमालेख र नवीकरण बीमाशुल्कमा रहेको अग्रता नै कम्पनीको प्रमुख सबल पक्ष हुन्।
२७३ अर्बभन्दा बढीको जीवन बीमा कोष
कम्पनीले सार्वजनिक गरेको पछिल्लो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार जीवन बीमा कोषमा २ खर्ब ७३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाघेको छ। बीमितको दीर्घकालीन दायित्व व्यवस्थापनका लागि महत्वपूर्ण मानिने यस्तो कोषको ठूलो आकारले कम्पनीको व्यवसायिक पहुँच र बीमा कारोबारको विस्तारलाई देखाउँछ।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, विपद् जोखिम व्यवस्थापनका लागि करिब १ अर्ब ५४ करोड रुपैयाँको क्याटास्ट्रोफी रिजर्भ राखिएको छ। यसले कम्पनीले दीर्घकालीन जोखिम व्यवस्थापनका लागि छुट्टै वित्तीय आधार निर्माण गरेको देखाउँछ।
कम्पनीसँग कुल २२ लाख १६ हजारभन्दा बढी बीमालेख रहेका छन्। ठूलो बीमालेख संख्या नेपाल लाइफको सबैभन्दा महत्वपूर्ण व्यावसायिक आधारमध्ये एक हो। यसले कम्पनीको देशव्यापी बजार पहुँच, ग्राहक आधार र ब्रान्डमा रहेको विश्वासलाई प्रतिबिम्बित गर्छ।
नेपाल लाइफले कुल ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। यो रकम खुद बीमाशुल्क आर्जन ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँभन्दा बढी रहेको छ।
कम्पनीको कुल खर्च ७० अर्ब ७६ करोड ६३ लाख रुपैयाँभन्दा रहेको छ। यस खर्चमा बीमितले पाउने दाबी भुक्तानी समेत पर्दछ। नेपाल लाइफले पछिल्लो समय बीमितको विश्वासलाई अझ बलियो बनाउदै परिपक्व भएका बीमा दाबी, मृत्यु दाबी, घातक रोगका दाबीलाई समयमै चुक्ता गर्दै आइरहेको छ।
कम्पनीको खुद नाफा भने करिब ४६ करोड ५४ लाख रुपैयाँ रहेको छ। यो मुनाफा एक्चुरियल मूल्याङ्कन अगाडीको भएकाले लेखापरिक्षण पछि स्वत बढ्नेछ।
नेपाल लाइफका अभिकर्ताले बीमा पोलिसी भित्र्याए बापत ४ अर्ब १२ करोड रुपैयाँ कमिशन आर्जन गर्न सफल भएका छन्। कुल आम्दानीको तुलनामा यसको हिस्सा करिब ७.७ प्रतिशत रहेको छ।
नेपाल लाइफको सबैभन्दा बलियो पक्ष नवीकरण बीमाशुल्कमा रहेको अग्रता हो। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीले नवीकरण बीमाशुल्कतर्फ करिब ४० अर्ब ६ करोड रुपैयाँ संकलन गरेको छ।
नवीकरण बीमाशुल्क जीवन बीमा व्यवसायको दीर्घकालीन स्थायित्व र ग्राहक निरन्तरताको महत्वपूर्ण सूचक मानिन्छ। यस क्षेत्रमा नेपाल लाइफले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई ठूलो अन्तरले पछाडि पारेको छ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १७ अर्ब ७४ करोड रुपैयाँ र एलआईसी नेपालले करिब १७ अर्ब ६९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। यस आधारमा नेपाल लाइफको नवीकरण बीमाशुल्क यी दुवै कम्पनीको भन्दा २.२८ गुणाभन्दा बढी देखिन्छ।
नयाँ व्यवसायतर्फ पनि नेपाल लाइफ अग्रस्थानमा छ। कम्पनीले प्रथम बीमाशुल्कबाट करिब १३ अर्ब ७ करोड रुपैयाँ संकलन गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफको यस्तो बीमाशुल्क करिब ६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। यसले नेपाल लाइफको प्रतिस्पर्धात्मक शक्ति पुराना बीमालेखको नवीकरणमा मात्र नभई नयाँ व्यवसाय विस्तारमा समेत रहेको देखाउँछ।
नेपाल लाइफले बीमितका लागि अनवरत रुपमा हरेक वर्षक आकर्षक बोनसदर प्रदान गर्दै आइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि ८५ रुपैयाँसम्म रहेको छ। कम्पनीले मनिव्याक पोलिसीमा पनि आकर्षक बोनसदर प्रदान गरेको छ।
विभिन्न बीमालेखमा घोषित बोनसले कम्पनीको बीमितप्रतिको दीर्घकालीन दायित्वलाई पनि बढाउँछ। त्यसैले बोनस वितरणसँगै लगानी आम्दानी, बीमा कोषको व्यवस्थापन र भविष्यका दाबी दायित्वबीच सन्तुलन कायम गर्नु कम्पनीका लागि महत्वपूर्ण हुनेछ।
नेपाल लाइफले ‘हामी सबैको लागि नेपाल लाइफ, किनकि जीवन अमूल्य छ’ भन्ने सन्देशमार्फत आफूलाई व्यापक जनसमुदायसँग जोडिएको जीवन बीमा कम्पनीका रूपमा प्रस्तुत गर्दै आएको छ।
२२ लाखभन्दा बढी बीमालेखको आधारमा हेर्दा यो ब्रान्ड सन्देश कम्पनीको बजार पहुँचसँग पनि मेल खान्छ। जीवन बीमालाई केवल वित्तीय उत्पादनका रूपमा मात्र नभई परिवारको आर्थिक सुरक्षासँग जोड्ने रणनीतिले कम्पनीलाई दीर्घकालीन ग्राहक सम्बन्ध कायम गर्न सहयोग पुर्याइरहेको छ।
विशेषगरी ग्रामीण तथा कम पहुँच भएका क्षेत्रमा बीमा विस्तार, डिजिटल सेवा र सरल बीमा उत्पादनमार्फत कम्पनीले आफ्नो बजार आधार थप विस्तार गरिरहेको छ।
अवसरसँगै चुनौती पनि
नेपाल लाइफको ठूलो ग्राहक आधार, विशाल बीमा कोष, उच्च नवीकरण बीमाशुल्क र बलियो ब्रान्ड कम्पनीका प्रमुख सबल पक्ष हुन्। यही आधारलाई डिजिटल प्रविधि, स्वचालित सेवा र प्रभावकारी दाबी व्यवस्थापनलाई समेत जोड दिदै आएकाले कम्पनी सञ्चालन लागत घटाउन ठुलो मद्दत गरिरहेको छ।
त्यस्तै, नयाँ तथा उच्च प्रतिफल दिने बीमा पोलिसीको विकास, ग्रामीण बजार विस्तार र प्रविधिमा आधारित सेवा विस्तारले कम्पनीको आम्दानी तथा नाफा दुवै बढाउन सहयोग गर्ने भएकाले यस तर्फ पनि नेपाल लाइफले रणनीति बनाउनु पर्ने देखिन्छ।
बजारमा प्रतिस्पर्धा बढ्दै जानु, नियामकीय व्यवस्था परिवर्तन हुनु र लगानी प्रतिफलमा आउने उतारचढावले पनि कम्पनीको वित्तीय प्रदर्शनमा कहिलेकाही तलमाथि पार्ने गरेको छ। कम्पनीको यहि सफल यात्रालाई रेटिङले पनि प्रमाणित गरेको छ। नेपाल लाइफले (AA-) रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमता रहेको पुष्टी गर्दछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया