नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा अति आकर्षक ५.७५% ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक
- BFIS News
- 2026 Aug 24 15:47
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले साना तथा मझौला व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार योजनाअन्तर्गत उपलब्ध हुने कर्जाको ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ। यसबाट व्यवसायी तथा उद्यमीले आफ्नो व्यवसायको आवश्यकता र योजनाअनुसार तुलनात्मक रूपमा स्थिर ब्याजदरमा कर्जा उपयोग गर्न सक्नेछन्।
‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ।
योजनामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा अन्य व्यावसायिक आवश्यकताका लागि कर्जा लिन सक्नेछन्। यसले सञ्चालनमा रहेका व्यवसायलाई थप विस्तार गर्न तथा नयाँ लगानीका लागि वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।
बैंकले एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी देशभर रहेका २५१ शाखामार्फत उपलब्ध गराउँदै आएको जनाएको छ। मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्याउने बैंकको विश्वास छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया