मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सम्झौता, आइसिइ सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ
- BFIS News
- 2026 Aug 24 19:34
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा लगानी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
२०८३ भदौ ८ गते भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष (Vice President) सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखा कार्यालयबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउनेछन्।
बैंकले विद्युतीय (EV) सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशत र आन्तरिक दहन इन्जिन (ICE) सवारी साधनका लागि अधिकतम ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउनेछ। यसले व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
सम्झौताले साना व्यवसायी तथा उद्यमीलाई आवश्यक व्यावसायिक सवारी साधन खरिद गर्न वित्तीय सहयोग पुग्ने तथा उनीहरूको व्यवसाय विस्तारमा थप सहजीकरण हुने बैंकको अपेक्षा छ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना समेत ल्याएको छ। बैंकका अनुसार उक्त योजनाले व्यवसाय तथा उद्यम सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतमा ग्राहकको पहुँच थप सहज बनाउनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया