NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई तीन अर्ब ८१ करोड लाभांश दिने, चुक्ता पूँजी ३९ अर्ब ६९ करोड पुग्ने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 02 11:19
ग्लोबल आइएमई बैंकले शेयरधनीलाई तीन अर्ब ८१ करोड लाभांश दिने, चुक्ता पूँजी ३९ अर्ब ६९ करोड पुग्ने
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Nepal Life
NIMB

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ। बैंकको हालको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। बैंकले यस वर्ष शेयरधनीलाई कुल तीन अर्ब ८१ करोड लाभांश दिने भएको हो। जसमा एक अर्ब ५२ करोड बोनस शेयर र २ अर्ब २८ करोड नगद लाभांश रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी बाणिज्य बैंकहरु मध्येकै सर्वाधिक धेरै ३९ अर्ब ६४ करोड पुग्नेछ। 

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको ४७३औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिको निर्णयअनुसार बोनस शेयर र नगद लाभांश वितरण गरिनेछ।

यद्यपि, प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। नियामकीय स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

यसैबीच, समाचार तयार पार्दासम्म ग्लोबल आइएमई बैंकको शेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रति कित्ता २४० रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया