दक्षिण कोरियाको निर्यातमा नयाँ कीर्तिमान, ७०९.४ अर्ब डलर पुग्यो
- BFIS News
- 2026 Sep 06 13:11
काठमाडौं । दक्षिण कोरियाको सञ्चित वस्तु निर्यात चालु वर्षमा नयाँ कीर्तिमानी स्तरमा पुगेको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको हो।
उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाका अनुसार दक्षिण कोरियाको निर्यातले गत वर्ष कायम गरेको ७०९.३ अर्ब अमेरिकी डलरको वार्षिक कीर्तिमानलाई पार गरेको हो।
निर्यातको वर्तमान गति कायम रहे दक्षिण कोरियाको वार्षिक निर्यात आगामी डिसेम्बरको सुरुवातमै १ ट्रिलियन अमेरिकी डलर पुग्न सक्ने अनुमान गरिएको छ। कोरिया भन्सार सेवाका प्रमुखको प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण कोरियाका राष्ट्रपतिले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो सम्भावना सार्वजनिक गरेका हुन्।
मध्यपूर्वमा जारी द्वन्द्वलगायत चुनौतीपूर्ण बाह्य परिस्थितिका बाबजुद दक्षिण कोरियाको निर्यात वृद्धिको गति भने कायम रहेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी सेमिकन्डक्टर अर्थात् अर्धचालकको बलियो मागले निर्यात वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ।
विश्वव्यापी प्रविधि क्षेत्रमा चिप्सको माग बढिरहेका बेला दक्षिण कोरियाका प्रमुख निर्यात कम्पनीहरूले सेमिकन्डक्टर निर्यातबाट लाभ लिइरहेका छन्। यसले समग्र निर्यात वृद्धिलाई समेत थप बल दिएको बताइएको छ।
गत वर्षको कीर्तिमानभन्दा यस वर्ष सेप्टेम्बरमै निर्यात बढी भइसकेकाले दक्षिण कोरियाको बाह्य व्यापारमा नयाँ वार्षिक रेकर्ड बन्ने संकेत देखिएको छ। वर्तमान निर्यात गति निरन्तर रहे १ ट्रिलियन डलरको लक्ष्यसमेत हासिल हुन सक्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया