NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 10 11:05
शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग
United Ajod

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शिखर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

कम्पनीले बाढी प्रभावित परिवारको राहत, विस्थापित नागरिकको पुनःस्थापना तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, सञ्चालक समितिका अध्यक्ष गौरव अग्रवाल, डेपुटी जनरल म्यानेजर तथा कम्पनी सचिव सुरज राजबहाकलगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

शिखर इन्स्योरेन्सले विपद्बाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता भएकाको सकुशल उद्धार तथा विस्थापित नागरिकको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ। विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

यसै क्रममा शिखर इन्स्योरेन्सले पनि राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट आर्थिक योगदान गरेको जनाएको छ। कम्पनीले बीमा व्यवसायमार्फत नागरिक तथा सम्पत्तिको जोखिम सुरक्षामा काम गर्दै आएको अवस्थामा प्राकृतिक विपद्का बेला प्रभावित समुदायको सहयोगलाई पनि सामाजिक उत्तरदायित्वको हिस्सा मानेको बताएको छ। कम्पनीले यसै बाढीका कारण अर्बौ रुपैयाँको दायित्व बहन गर्नु परेको छ। पिडित बीमितलाई दाबी रकम उपलब्ध गराउन कम्पनीले आवश्यक प्रकृया समेत अगाडी बढाइसकेको छ। शिखर इन्स्योरेन्स कम्पनी यस्ता आहातमा सधै अगाडी दाबी फर्च्छ्यौट गर्ने कम्पनी भित्र पर्छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया