NIMB Header 2
Prabhu Mahalaxmi

क्षमता विस्तारमा बर्गर ग्रुप, रेस्टुरेन्ट सेवाको १ दशक पछि सन्चालनमा ल्यायो होटल मेलुङ

United Ajod
  • BFIS News
  • 2026 Sep 22 17:04
क्षमता विस्तारमा बर्गर ग्रुप, रेस्टुरेन्ट सेवाको १ दशक पछि सन्चालनमा ल्यायो होटल मेलुङ
IME LIFE

काठमाडौं । ११ वर्ष यता रेस्टुरेन्ट सेवा दिदै आएको बर्गर ग्रुपले आफ्नो क्षमता विस्तार गर्दै 'मेलुङ होटल' सन्चालनमा ल्याएको छ। मङ्गलबार बौद्ध स्थित नौतलेमा कम्पनीले पर्यटक स्तरिय होटल 'होटल मेलुङ' सन्चालनमा ल्याएको हो।

Nepal Life
NIMB

'होटल रेस्टुरेन्ट क्षेत्रमा लगानी गर्ने उद्धेश्यले होटलसेवा सुरु गरेका हौ,'कम्पनीका संस्थापक वसन्त लामाले भने,'यो हिन्दु र बौद्ध धर्मको सङ्गम स्थल भएका कारण आन्तरिक सङ्गै म्यानमार, भुटान, कम्बोडिया, शृलङ्का, भारत, कालिम्पोङबाट आउने पर्यटकलाई  लक्षित गरेर होटल सन्चालनमा ल्याएका हौ।'

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट नजिक होटलमा आउने आन्तरिक तथा वाह्य पर्यटकले पशुपतीनाथ, बौद्धनाथ सङ्गै काठमाडौ वरपर सहज भ्रमण गर्न सक्ने  भएका कारण स्थानका आधारमा पर्यटकका लागि विशेष रहेको उनले बताए।

यहाँ आउने पर्यटकले नेपाली रैथाने परिकारको विशेष स्वाद लिन सक्ने उ अले जानकारी दिए। 'नेपालको पर्यटन सङ्गै नेपाली परिकारको प्रवर्धन गर्नु हाम्रो मुल उद्धेश्य हो,'उनले भने,'हामीले परिकारमा प्रयोग गर्ने अधिकान्श खाद्य सामाग्री नेपाली उत्पादन नै हुनेछन।'

१७ आना क्षेत्रफलमा रहेको होटलमा २२ वटा कोठा, रेस्टुरेन्ट, बार, बगैचा लगायत सेवा रहेको उनले बताए। 

होटलमा १५ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे सवारी साफ्हन पार्किङ क्षमता रहेको छ।  जग्गा र भएअन बाहेक कम्पनीले होटल तयारीका लागि ३ करोड रुपैयाँ खर्चिएको उनले जानकारी दिए। कम्पनीका अनुसार १० वर्षका लागि जग्गा र भवन लिजमा लिइएको हो। 

हाल बर्गर ग्रुप अन्तर्गत विभिन्न स्थानमा बर्गर हाउस, मेलुङ थकाली, मेलुङ मार्ट, क्याफे हन्ड्रेड गरि कुल १५२ आउटलेट सन्चालित छन।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया