सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो: प्रति तोला २ लाख ९० हजारमा कारोबार, चाँदी पनि सस्तियो
- BFIS News
- 2026 Sep 29 11:17
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। असोज १३ गते सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो। पछिल्ला दिनमा नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)







.jpeg)


प्रतिक्रिया