Nepal Life

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

NMB Bank
  • BFIS News
  • 2023 Nov 06 11:50
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त
National Life

काठमाडौं। ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समय आइएमई ग्रुपको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका पोखरेल पछिल्लो समय आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष थिए ।

Shikhar
NIMB

एभरेष्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले करिव चार वर्ष काम गरेर ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।ग्लोबलमा सहायक प्रवन्धबाट जागिर सुरु गरेका पोखरेलले आइएमई समुहको उच्च व्यवस्थापन तहमा रहेर काम गर्ने मौका पाए । समुहमा हुँदा उनि बैंकको सञ्चालक समित भए । समुहको प्रतिनिधित्व गर्दै पोखरेल स्मार्ट च्वाइस टेक्नोलोजीको अध्यक्ष तथा डिस होम नेटवर्कको सञ्चालक छन् । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको सञ्चालक समेत भइसकेका उनि बैंकिङ तथा वित्तीय क्षेत्रमा अब्बल मानिन्छन् । 

उनलाई भविष्यमा बैंकको प्रमुख कार्यकारीको अधिकृत बनाउने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा  भित्र्याइएको हो । एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टमा डिजिटल बिजनेस स्ट्राटेजी पढेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया