NIMB Header 2
Prabhu Mahalaxmi

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहबाट सञ्चालकका लागि पाँच जनाको उम्मेदवारी

United Ajod
  • BFIS News
  • 2026 Oct 05 11:39
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहबाट सञ्चालकका लागि पाँच जनाको उम्मेदवारी
IME LIFE

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन पदका लागि पाँच जनाको उम्मेदवारी कायम भएको छ।

Nepal Life
NIMB

बैंकको निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्रमाथि परेका उजुरीको छानबिन तथा निर्णयपछि उम्मेदवारको दोस्रो नामावली सार्वजनिक गरेको हो। कार्यालयले २०८३ असोज १९ गते बिहान ११ बजे उक्त नामावली प्रकाशित गरेको छ।

सार्वजनिक नामावलीअनुसार संस्थापक समूह ‘क’ बाट उज्ज्वल सत्याल, केशव बोहरा, रविन्द्र प्रसाद श्रेष्ठ, श्याम कुमार शर्मा र सुशील काजी बानियाँ उम्मेदवारका रूपमा कायम भएका छन्। सत्याल विद्यमान अध्यक्ष हुन् र सुशील काजी बानियाँ अहिले अध्यक्ष तथा सदश्य छन्। 

संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन पदका लागि पाँच जनाको उम्मेदवारी कायम भएसँगै अब उक्त समूहको निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया