NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

United Ajod
  • BFIS News
  • 2026 Oct 05 20:55
सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
IME LIFE

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २०औं वार्षिक साधारण सभा सोमबार, असोज १९ गते काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा रहेको रजिष्ट्रर्ड कार्यालयमा सम्पन्न भएको हो ।

Nepal Life
NIMB

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी पूँजी बजारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा डिम्याट खातालगायतका सेवा सञ्चालन गर्दै आएको छ ।

कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा प्रत्यक्ष सहभागी भई लगानी गर्न सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कम्पनीले सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका विभिन्न शाखा कार्यालयमार्फत समेत आफ्ना सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

यसबाट देशका विभिन्न भूभागमा रहेका लगानीकर्तालाई पूँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच पुर्‍याउनुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कारको विकासमा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया