ऋण असुलीका क्रममा माछापुच्छ्रे बैंकले लियो ६३ करोड ४९ लाखको सम्पत्ति, गैर बैंकिङ सम्पत्ती थुप्रिदै
- BFIS News
- 2026 Oct 07 13:17
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ऋण असुलीका क्रममा धितोका रूपमा लिइएका विभिन्न सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्तिका रूपमा आफ्नो स्वामित्वमा लिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा बैंक आफैले सकारेका यस्ता सम्पत्तिको कुल मूल्य ६३ करोड ४९ लाख ३ हजार रुपैयाँ रहेको छ।
बैंकका अनुसार ऋण तथा अग्रिमको सुरक्षणका रूपमा प्राप्त भई ऋण असुली प्रक्रियामा बैंकले आफ्नो स्वामित्वमा लिएका सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्तिका रूपमा लेखांकन गरिन्छ। यस्ता सम्पत्ति बजारको उचित मूल्य वा ऋणीबाट उठाउन बाँकी कुल रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा लेखांकन गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
बैंकको विवरणमा सबैभन्दा पुरानो गैर-बैंकिङ सम्पत्ति Cosmic Automobiles P Ltd को रहेको छ। बैंकले २०१२ सेप्टेम्बर ३ मा उक्त सम्पत्ति आफ्नो स्वामित्वमा लिएको थियो, जसको मूल्य २ करोड ४२ लाख १० हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, Matarani Trading Pvt. Ltd को सम्पत्ति २०२१ सेप्टेम्बर १३ मा बैंकले लिएको थियो। यसको मूल्य ७ करोड २९ लाख ४१ हजार ४१२ रुपैयाँ रहेको छ। यस्तै, Shikhar Deep Agro Pvt. Ltd. को २०२४ जनवरी १४ मा लिइएको सम्पत्तिको मूल्य ११ करोड १३ लाख २५ हजार रुपैयाँ छ। यो सूचीमा रहेका गैर-बैंकिङ सम्पत्तिमध्ये उल्लेख्य ठूलो रकम हो।
पछिल्लो समय बैंकले विभिन्न ऋणी तथा व्यवसायबाट धितोबापतका सम्पत्ति आफ्नो स्वामित्वमा लिएको देखिन्छ। Baba Furniture Udhyog को २०२६ फेब्रुअरी २२ मा लिइएको सम्पत्तिको मूल्य २ करोड २० लाख रुपैयाँ छ। त्यस्तै, Ariksha Hardware को १ करोड ४२ लाख १० हजार, Niharika Hardware Stores को ३ करोड ३५ लाख २५ हजार र Gaule Cafe and Bhanchha Ghar को १ करोड ९० लाख रुपैयाँ मूल्य बराबरको सम्पत्ति बैंकले लिएको छ।
त्यस्तै, Dr.Saathi Healthcare को २ करोड ३९ लाख ९४ हजार, It Care को १ करोड ८१ लाख ३० हजार, Akhtar Husain Gaddi को ५६ लाख २६ हजार ७९६ तथा Dayangjom Alaichi Tatha Jadibuti को ३८ लाख २४ हजार ३३५ रुपैयाँ बराबरको सम्पत्ति बैंकले गैर-बैंकिङ सम्पत्तिका रूपमा राखेको छ।
बैंकको विवरणमा केही ऋणी तथा पक्षको नामसँगै सम्पत्तिको रकम भने उल्लेख गरिएको छैन। Pujan Karki - Tara Bahadur Karki Ch, Shiva And Shiva Sawmill, Gaule Trade and Suppliers, Santosh Ghimire, Durga Chaudhary र Binay Kumar Chaudhary लगायतका नाम पनि गैर-बैंकिङ सम्पत्तिको सूचीमा समावेश छन्।
बैंकले विभिन्न वर्षमा ऋण असुलीका क्रममा यस्ता सम्पत्ति आफ्नो स्वामित्वमा लिँदै आएको देखिन्छ। प्रारम्भिक वर्षमा लिइएका सम्पत्तिदेखि २०२६ सम्म थपिएका सम्पत्तिसम्मको विवरण समेट्दा बैंकको गैर-बैंकिङ सम्पत्तिको कुल मूल्य ६३ करोड ४९ लाख ३ हजार रुपैयाँ पुगेको छ।
गैर-बैंकिङ सम्पत्तिको मात्रा बढ्नु बैंकको ऋण असुली प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिन्छ। ऋणीले कर्जा भुक्तानी गर्न नसकेपछि धितो बिक्री वा अन्य असुली प्रक्रियामार्फत बैंकले त्यस्ता सम्पत्ति आफ्नो स्वामित्वमा लिन सक्छ। बैंकको वित्तीय विवरणमा यस्ता सम्पत्तिको व्यवस्थापन तथा बिक्रीले आगामी अवधिमा असुली र सम्पत्ति व्यवस्थापनको अवस्थालाई प्रभावित गर्न सक्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpeg)


प्रतिक्रिया