कुथेली बुखरी हाइड्रोपावरले प्रस्ताव गर्यो १८.९४७४ प्रतिशत लाभांश
- BFIS News
- 2026 Oct 08 11:22
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरको मूल्य करिब २ करोड ६५ लाख रुपैयाँ र नगद लाभांश १३ लाख ९६ हजार रुपैयाँ बराबर रहेको छ।
कम्पनीको हालको चुक्ता पुँजी १४ करोड ७४ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजीमा समेत वृद्धि हुनेछ।
लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी १५औँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। यी प्रक्रिया पूरा भएपछि मात्रै प्रस्तावित लाभांश वितरण हुनेछ। कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ८०४ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)


प्रतिक्रिया