प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ६ करोडभन्दा बढी मौज्दात
- BFIS News
- 2026 Oct 08 11:50
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न खातामा बिहीबार राति ८ बजेसम्म कुल १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ बराबरको मौज्दात रहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत विभिन्न नौवटा वाणिज्य बैंकमा रहेको खातामा १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि सरकारले यसअघि उक्त कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ। पछिल्लो बाढीपछि कोषमा थप आर्थिक सहयोग आउने क्रम जारी रहेकाले राहत तथा उद्धारका लागि उपलब्ध स्रोतसमेत बढ्दै गएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)


प्रतिक्रिया