सिटिजन बैंकका सीईओ पोख्रेलको वार्षिक पारिश्रमिक १ करोड ६५ लाख रुपैयाँ, बुझाए ६८ लाख ७५ हजार रुपैयाँ कर
- BFIS News
- 2026 Oct 10 16:01
करबापत ६८ लाख ७५ हजार रुपैयाँ भुक्तानी, कर कटाएर हातमा ९६ लाख ५६ हजार रुपैयाँ
काठमाडौं । सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोख्रेलले वार्षिक पारिश्रमिक तथा भत्ताबापत १ करोड ६५ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनले तलब, भत्ता, दशैं भत्ता, सञ्चयकोष र बिदाबापतको भुक्तानीलगायत शीर्षकमा उक्त रकम प्राप्त गरेका हुन्।
पोख्रेलले वार्षिक तलबबापत ८४ लाख रुपैयाँ प्राप्त गरेका छन्। उनको मासिक तलब ११ लाख ५० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ। त्यस्तै, उनले भत्ताबापत ५४ लाख रुपैयाँ र दशैं भत्ताबापत ११ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
यसैगरी, उनको सञ्चयकोषमा ८ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ भने बिदाबापत ७ लाख रुपैयाँ भुक्तानी गरिएको छ। यी शीर्षकमा उल्लेखित रकमसहित उनको कुल पारिश्रमिक तथा भत्ता १ करोड ६५ लाख ३२ हजार रुपैयाँ पुगेको छ।
करबापत ६८ लाख ७५ हजार रुपैयाँ भुक्तानी
पोख्रेलले प्राप्त गरेको पारिश्रमिकबाट करबापत ६८ लाख ७५ हजार २४ रुपैयाँ भुक्तानी गरेका छन्। कर भुक्तानीपछि उनले खुद ९६ लाख ५६ हजार ९७६ रुपैयाँ प्राप्त गरेका छन्।
यसका अतिरिक्त उनले बैंकको मुनाफाबाट कर्मचारी बोनससमेत प्राप्त गर्नेछन्। बोनस रकम भने बैंकको मुनाफा तथा प्रचलित व्यवस्थाअनुसार निर्धारण हुने व्यवस्था छ।
सवारी साधन र बीमाको सुविधा
बैंकले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिकबाहेक विभिन्न सुविधा पनि उपलब्ध गराएको छ। पोख्रेलले सवारी साधन तथा बीमाको सुविधा पाउने व्यवस्था रहेको छ। सीईओका लागि चालक, इन्धन र मर्मतसम्भारसहित सवारी साधनको व्यवस्था गरिएको छ।
त्यसैगरी, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीलाई नियमअनुसार इन्धनसहित सवारी साधन सुविधा उपलब्ध गराइएको छ।
बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृतलगायत सम्पूर्ण अधिकृतलाई कर्मचारी सेवा विनियमावलीअनुसार मोबाइल फोनबापतको खर्च तथा अन्य सुविधा भने प्रदान गरिएको छैन। त्यस्तै, बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनका लागि सवारी साधन सुविधा उपलब्ध नगराइएको विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया