Siddartha Bank
Prabhu Mahalaxmi

सिद्धार्थ बैंकबाट सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सकिने

United Ajod
  • BFIS News
  • 2026 Oct 26 20:37
सिद्धार्थ बैंकबाट सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सकिने
Sanima Reliance Life Insurance Company

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई तत्काल आवश्यक पर्ने वित्तीय स्रोत सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको हो।

Nepal Life
NIMB

यस सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘BankSmart XP’ मार्फत सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। त्यसका लागि एपमा रहेको Easy Loan > Loan Services > Loan Against Share विकल्पमा जानुपर्नेछ।

बैंकले साधारण सेयर र संस्थापक सेयर धितोमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। साधारण सेयर धितो राख्दा पछिल्लो १२० कार्यदिनको औसत बन्द मूल्य वा सेयरको प्रचलित बजार मूल्य, जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।

त्यस्तै, संस्थापक सेयर धितोमा कर्जा लिँदा साधारण सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा संस्थापक सेयरको पछिल्लो कारोबार मूल्य, जुन कम हुन्छ, त्यसको ५० प्रतिशतसम्म कर्जा लिन सकिनेछ।

कर्जाको अवधि पनि सेयरको प्रकारअनुसार फरक हुनेछ। साधारण सेयर धितोमा प्रवाह हुने कर्जाको अवधि आवर्ती (रिभल्भिङ) प्रकृतिको हुनेछ भने संस्थापक सेयर धितोमा लिइने कर्जाको अवधि एक वर्षको हुनेछ।

यस सुविधाबाट ग्राहकले व्यक्तिगत तथा व्यावसायिक आवश्यकताका लागि वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ।

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो सुविधा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।

यस सेवासम्बन्धी थप जानकारी लिन ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया