बिक्रीमा आएको केही दिनमै एप्पलको फोल्डेबल आईफोनमा स्क्रिन समस्या, प्रतिस्थापन गर्ने घोषणा
- BFIS News
- 2026 Oct 27 16:10
काठमाडौं । प्रविधि कम्पनी एप्पलले बजारमा आएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना नयाँ फोल्डेबल आईफोन प्रतिस्थापन गर्ने घोषणा गरेको छ। लामो समयदेखि प्रतीक्षा गरिएको कम्पनीको यो स्मार्टफोन सार्वजनिक भएको केही दिनमै स्क्रिनमा समस्या देखिएपछि चर्चामा आएको हो।
करिब ३ लाख भारतीय रुपैयाँ मूल्य पर्ने यो फोल्ड गर्न मिल्ने स्मार्टफोनलाई एप्पलको पछिल्लो दुई दशकयताकै ठूलो डिजाइन परिवर्तनका रूपमा हेरिएको छ। बेलायतमा यसको सुरुवाती मूल्य १ हजार ९९९ पाउन्ड रहेको बताइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा फोनको स्क्रिनमा विभिन्न रेखा देखिएका छन्। केही प्रयोगकर्ताले स्क्रिनको बीच भागमा रहेको क्रिजमा चिरा परेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। त्यस्तै, अन्य प्रयोगकर्ताले फोन खोल्दा चर्कने आवाज आउने गरेको गुनासो गरेका छन्।
समस्या देखिएका फोनका ग्राहकलाई प्रतिस्थापनका लागि सम्पर्क गर्न कम्पनीले आग्रह गरेको जनाइएको छ।
गत साता विश्वभरका एप्पल स्टोरमा सार्वजनिक गरिएको यो फोनले खरिदकर्ताको उल्लेख्य ध्यान आकर्षित गरेको थियो। नयाँ फोल्डेबल फोनमार्फत एप्पलले आफ्नो उत्पादन शृङ्खलालाई थप विस्तार गर्दै बजारमा प्रतिस्पर्धी कम्पनीका फोल्ड गर्न मिल्ने स्मार्टफोनलाई चुनौती दिने प्रयास गरिरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)









प्रतिक्रिया