सिद्धार्थ बैंकबाट अब अनलाइनमै सेयर धितो कर्जाका लागि आवेदन दिन सकिने
- आयुस बस्नेत
- 2026 Oct 27 16:08
काठमाडौं कार्तिक १० । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज र छिटो पूरा गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘BankSmart XP’ मार्फत सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। यसका लागि एपमा रहेको Easy Loan > Loan Services > Loan Against Share विकल्प छनोट गरी आवेदन दिनुपर्नेछ।
बैंकले धितो राखिने सेयरको मूल्यांकनका आधारमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने जनाएको छ। यस सुविधाबाट ग्राहकले व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
छिटो, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सुविधा सिद्धार्थ बैंकका सबै शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ।
सेवाबारे थप जानकारी लिन ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया