सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, २ लाख ८८ हजार ९०० पुग्यो
- BFIS News
- 2026 Nov 05 10:58
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज बढेर २ लाख ८८ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ७१ अमेरिकी डलरले बढेर ४ हजार १३३ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको यही वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाले नेपाली बजारमा भोलि पनि सुनको मूल्य थप बढ्न सक्ने देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया