Siddartha Bank
Prabhu Mahalaxmi

आखुखोला हाइड्रोपावरले दूधकोशी–२ जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँ लगानी गर्ने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 05 11:08
आखुखोला हाइड्रोपावरले दूधकोशी–२ जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँ लगानी गर्ने
United Ajod

काठमाडौं। अंकुखोला जलविद्युत् कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा १०० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनामा उक्त रकमसम्म लगानी गर्ने निर्णय गरेको हो।

दूधकोशी हाइड्रोपावर प्राइभेट लिमिटेडले निर्माण अघि बढाइरहेको ७० मेगावाट क्षमताको उक्त आयोजनामा अंकुखोला जलविद्युत् कम्पनीले प्रतिकित्ता अंकित मूल्यमा १०० करोड रुपैयाँसम्म लगानी गर्ने प्रारम्भिक सहमति गरेको छ।

कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ बमोजिम उक्त निर्णयबारे सरोकारवाला तथा सर्वसाधारणलाई जानकारी गराएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया