Siddartha Bank
Prabhu Mahalaxmi

मञ्जुश्री फाइनान्सका सीईओ तिमिल्सिनाको वार्षिक तलब सुविधा १ करोड ३५ लाख रुपैयाँ

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 05 20:18
मञ्जुश्री फाइनान्सका सीईओ तिमिल्सिनाको वार्षिक तलब सुविधा १ करोड ३५ लाख रुपैयाँ
United Ajod

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजराज तिमिल्सिनाले गत आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, बोनस तथा अन्य सुविधाबापत कुल १ करोड ३५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

Siddartha Bank
EBL
Nepal Life

फाइनान्सले सार्वजनिक गरेको विवरणअनुसार सीईओ तिमिल्सिनाले तलब तथा भत्ताबापत मात्रै ६६ लाख रुपैयाँ बुझेका छन्। बाँकी रकम बोनस तथा अन्य सुविधाबापत प्रदान गरिएको हो।

यसैगरी, फाइनान्सका सञ्चालकहरूले बैठक भत्ताबापत २३ लाख ४१ हजार रुपैयाँ प्राप्त गरेका छन्। सञ्चालकहरूको पत्रपत्रिका तथा सञ्चार सुविधाबापत २ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ। उक्त सुविधाअन्तर्गत सञ्चालकहरूले प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ।

फाइनान्सको व्यवस्थापन समूहमा तीन करोड ४९ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। त्यस्तै, बाह्य लेखापरीक्षकले लेखापरीक्षण सेवाबापत ७ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गरेका छन्।

यसैबीच, मञ्जुश्री फाइनान्सले आगामी कात्तिक २० गते १९औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभामा शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

हाल फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया