बरुण हाइड्रोपावर कम्पनी २ करोड ९ लाख रुपैयाँले नोक्सानीमा
- BFIS News
- 2023 Nov 08 08:25
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्म कम्पनी नोक्सानीमा रहेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ।
५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुर्पयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ४८ लाख ९२ हजार ऋणात्मक रहेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया