Siddartha Bank
Prabhu Mahalaxmi

सेयर कर्जाको ब्याजदर ४.५९ देखि १३.१० प्रतिशतसम्म, कुन बैंकको कति ?

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 24 11:55
सेयर कर्जाको ब्याजदर ४.५९ देखि १३.१० प्रतिशतसम्म, कुन बैंकको कति ?
United Ajod

काठमाडौं, मंसिर ९ — नेपालका बैंक तथा वित्तीय संस्थाले सेयर धितो तथा मार्जिन प्रकृतिका कर्जा ४.५९ प्रतिशतदेखि १३.१० प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराइरहेका छन्। पछिल्लो ब्याजदर विवरणअनुसार कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदरमा सेयर कर्जा उपलब्ध गराएको छ भने केही फाइनान्स कम्पनीको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको छ।

Siddartha Bank
EBL
Nepal Life

कृषि विकास बैंकले सेयर धितो कर्जामा ४.५९ देखि ७.०९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै, प्राइम बैंकले ४.८४ देखि ९.८४ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले ४.८५ देखि ७.६० प्रतिशत, सिद्धार्थ बैंकले ४.८७ देखि ८.१२ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकले ४.९८ देखि ८.९८ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने भएका छन्।

नेपाल एसबीआई बैंकले ५.०५ देखि ७.०५ प्रतिशत र सानिमा बैंकले २० करोड रुपैयाँभन्दा बढीको सेयर कर्जामा ५.०९ देखि ७.०९ प्रतिशत ब्याजदर तोकेको छ। एनएमबी बैंकले ५.१२ देखि ७.३७ प्रतिशत, एभरेस्ट बैंकले ५.१९ देखि ७.१९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ५.३० देखि ९.३० प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा उपलब्ध गराइरहेका छन्।

त्यस्तै, नबिल बैंकको सेयर कर्जाको ब्याजदर ५.३३ देखि ७.३३ प्रतिशत, नेपाल बैंकको ५.३४ देखि ६.८४ प्रतिशत र ग्लोबल आइएमई बैंकको ५.३४ देखि ७.३४ प्रतिशत रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले ५.३५ देखि ५.८५ प्रतिशत, कामना सेवा विकास बैंकले ५.४१ देखि १०.४१ प्रतिशत र लुम्बिनी विकास बैंकले ५.४२ देखि ९.४२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.४२ देखि ७.४२ प्रतिशत, माछापुच्छ्रे बैंकले ५.४४ देखि ७.४४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५.४७ देखि ९.४७ प्रतिशत र हिमालयन बैंकको प्रिमियर सेयर कर्जामा ५.४९ देखि ७.४९ प्रतिशतसम्म ब्याजदर रहेको छ।

ज्योति विकास बैंकले ५.५५ देखि १०.५५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले ५.५८ देखि ९.५७ प्रतिशत, एनआईसी एसिया बैंकले ५.६० देखि ७.६० प्रतिशत र महालक्ष्मी विकास बैंकले सेयर कर्जामा ५.७५ देखि ९.५० प्रतिशतसम्म ब्याजदर तोकेका छन्।

सानिमा बैंकको अर्को सेयर धितो कर्जामा ५.८४ देखि ७.५९ प्रतिशत ब्याजदर रहेको छ। त्यस्तै, मञ्जुश्री फाइनान्सले ५.८७ देखि ९.८७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकले ५.८८ देखि ९.८८ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने भएका छन्।

फाइनान्स कम्पनीमध्ये गुर्खाज फाइनान्सले ६.१० देखि १३.१० प्रतिशत, सेन्ट्रल फाइनान्सले ६.१२ देखि ११.१२ प्रतिशत र गुडविल फाइनान्सले ६.३४ देखि १०.३४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। गरिमा विकास बैंकको मार्जिन कर्जाको ब्याजदर भने ६.१६ देखि ८.१६ प्रतिशत रहेको छ।

मुक्तिनाथ विकास बैंकले ६.३९ देखि ८.३९ प्रतिशत, आईसीएफसी फाइनान्सले ६.७१ देखि ८.७१ प्रतिशत, कुमारी बैंकले ६.८३ देखि ८.८३ प्रतिशत र प्रभु बैंकले ६.९५ देखि ८.९५ प्रतिशतसम्म ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेका छन्। प्रोग्रेसिभ फाइनान्सको सेयर कर्जाको ब्याजदर ६.९७ देखि ९.९७ प्रतिशत रहेको छ।

सूचीमा रहेका संस्थामध्ये सिन्धु विकास बैंकको सेयर धितो कर्जाको न्यूनतम ब्याजदर सबैभन्दा बढी ७.३८ प्रतिशत रहेको छ। बैंकले अधिकतम १२.३८ प्रतिशतसम्म ब्याज लिने जनाएको छ। हिमालयन बैंकको स्ट्यान्डर्ड सेयर कर्जामा ७.४९ देखि ८.९९ प्रतिशत ब्याजदर रहेको छ।

त्यस्तै, रिलायन्स फाइनान्सले ८.१० देखि ९.१० प्रतिशत र बेस्ट फाइनान्सले ८.१० देखि १३.१० प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा उपलब्ध गराउने भएका छन्।

बैंक तथा वित्तीय संस्थाहरूबीच सेयर धितो कर्जाको ब्याजदरमा उल्लेख्य अन्तर देखिएको छ। एउटै प्रकृतिको कर्जामा पनि संस्थाअनुसार ब्याजदर फरक रहेकाले सेयर कर्जा लिन चाहने लगानीकर्ताले ब्याजदर, कर्जाका सर्त तथा अन्य शुल्कसमेत तुलना गरेर उपयुक्त वित्तीय संस्था छनोट गर्नुपर्ने देखिन्छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया