NIMB Header 2
Nepal Life

शिवम सिमेन्ट ५ करोडले नोक्सानमा, बिक्री घट्यो खर्च बढ्यो

National Life
  • BFIS News
  • 2023 Nov 10 09:40
शिवम सिमेन्ट ५ करोडले नोक्सानमा, बिक्री घट्यो खर्च बढ्यो
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँले नोक्सानमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार खर्चमा भएको बृद्धिले नोक्सानीमा देखिएको हो । 

Shikhar
NIMB

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७७ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च समीक्ष अवधिमा ७.९३ प्रतिशत बढेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया