NIMB Header 2
Nepal Life

तिहार सुरु, आज पहिलो दिन काग तिहार मनाइँदै

National Life
  • BFIS News
  • 2023 Nov 11 07:38
तिहार सुरु, आज पहिलो दिन काग तिहार मनाइँदै
Sanima Reliance

काठमाडौं । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन काग तिहार मनाइन्छ ।

Shikhar
NIMB

यस वर्ष कात्तिक २५ गते काग तिहार, २६ गते कुकर तिहार तथा लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्धन पूजा तथा म्ह: पूजा र २८ गते भाइटीका रहेको छ। 

यमपञ्चकको पहिलो दिन आज कागलाई मिठोमिठो खाना चढाएर काग तिहार मनाइँदैछ। वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ। आजको दिन कागलाई खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। 

वैदिक सनातन हिन्दु धर्मानुसार कागलाई यमदूत मानिन्छ। कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद्हरु बताउँछन्।

आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मिठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया