सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने सम्झाैता
- BFIS News
 - 2023 Jul 02 07:27
 
                    
काठमाडौं । सनराइज क्यापिटल लिमिटेड तथा समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ । सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने योजनाहरु ल्याएकाे छ ।
साेहि सम्बन्धमा असार १५ गते, सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको छ । नयाँ बानेश्वर, काठमाडौंमा रहेकाे समाज डेण्टल हस्पिटल एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा छुट दिइने भएकाे हाे ।
सन्राइज क्यापिटलले समाज डेण्टलका कर्मचारी ग्राहकहरुलाई प्रदान गरिने सहुलियतहरु
- निःशुल्क डिम्याट खाता खोल्ने सुविधा
 - डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट
 - पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट
 - निः शुल्क पोर्टफोलियो परामर्श सेवा
 - निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा
 - आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने
 
समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि.का कर्मचारी ग्राहकहरुलाई प्रदान गरिने सहुलियतहरु :
- निःशुल्क विशेषज्ञ परामर्श
 - दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५% छुट ।
 
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया