NIMB Header 2
Prabhu Mahalaxmi

एनआईबिएल समृद्धि फण्ड –१ ले ऋणपत्र र शेयर लिलाम मार्फत बिक्री गर्दै

United Ajod
  • बिएफआईएस न्युज
  • 2022 Jan 27 22:19
एनआईबिएल समृद्धि फण्ड –१  ले ऋणपत्र र शेयर लिलाम मार्फत बिक्री गर्दै
IME LIFE

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड –१ ले आफ्नो स्वामित्वमा रहेको साधारण शेयरहरु न्यूनतम मूल्य  १०० रुपैयाँको दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य  १००० रुपैयाँको दरले लिलाम बढाबढबाट बिक्री गर्ने भएको छ । 

Nepal Life
NIMB

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो  सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड – १ मिति २०७८/०९/२२ गते परिपक्व भएको थियो ।

तसर्थ योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु/ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १०० को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १००० को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ ।

साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, मिति २०७८ माघ १३ गते देखि मिति २०७८ माघ २० गते सम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आफुले लिन चाहेको शेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया