NIMB Header 2
Nepal Life

अपर तामाकोशीको मुनाफा तीन महिनामै एक अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी ६.३० रुपैयाँ

National Life
  • BFIS News
  • 2023 Nov 19 09:28
अपर तामाकोशीको मुनाफा तीन महिनामै एक अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी ६.३० रुपैयाँ
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै एक अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको यहि अवधिमा २६.३४ प्रतिशतले बृद्धि गरेको हो । गत वर्षको यहि अवधिमा ७९ करोड ७७ लाख रुपैयाँ थियो ।

Shikhar
NIMB

गत असारमा कम्पनीको मुनाफा ऋणात्मक थियो । तर तीन महिनामै कम्पनीले चमत्कार गरिदिएको छ । कम्पनीले समिक्षा अवधिमा विद्युत बिक्री मार्फत हुने आम्दानीमा सामान्य सुधार गरेको छ । तीन महिनामै कम्पनीले विद्युत विक्रीबाट ३ अर्ब ७१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा यस्तो आर्जन तीन अर्ब ५६ करोड थियो । समिक्षा अवधिमा संचालन नाफा २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी पनि बढेर ३४ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ । दीर्घकालिन ऋण भुक्तानीको सन्दर्भमा नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरूको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी चालु आव २०८०/८१ असोज मसान्तसम्ममा नेपाल सरकारको तीन तथा अन्य संस्थाहरूको सात किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । रिटेन्ड अनिङ्ग भने ६ अर्ब २४ करोड १० लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा छ । कम्पनीले संस्थापक शेयरधनी समुहबाट प्राप्त भएको हकप्रद शेयरलाई मात्रै गणना गरेकोले चुक्ता पूँजी १५ अर्ब ९० करोड देखिएको हो । सर्वसाधारण शेयरधनी समुहका लागि निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड हुन बाँकी छ । कम्पनीले गत भदौमा सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

कम्पनीले अझै ७३ अर्ब एक करोड रुपैयाँ दीर्घकालिन ऋण भुक्तानी गर्न बाँकी छ । कम्पनीले हकप्रद शेयर मार्फत उठाएको रकमको केहि हिस्सा यस्तो कर्जा तिर्न प्रयोग गर्ने जनाएको छ । यस पछि कम्पनीले भुक्तानी गर्नु पर्ने व्याज तथा किस्ताको दायित्व कम हुनेछ । कम्पनीले अहिले अल्पकालिन कर्जा भुक्तानी गरिरहेको छ । यस वर्ष यस्तो कर्जा भुक्तानी गरिसक्नेछ । त्यस पछि मात्रै कम्पनीको मुनाफामा थप सुधार हुनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया