NIMB Header 2
Nepal Life

टिकटक माथिको प्रतिबन्ध विरुद्धको मुद्दा न्यायाधीश चुडालको इजलासमा, पेसी ७ औं नम्बरमा

National Life
  • BFIS News
  • 2023 Nov 20 12:02
टिकटक माथिको प्रतिबन्ध विरुद्धको मुद्दा न्यायाधीश चुडालको इजलासमा, पेसी ७ औं नम्बरमा
Sanima Reliance

काठमाडौं । ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबारलाई पेसी तोकिएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासमा तोकिएको पेसीमा रिटहरु क्रमसंख्याअनुसार सातौं नम्बरमा छन्। 

Shikhar
NIMB

प्रारम्भिक सुनुवाइ भएका कारण रिटहरुको पेसी एकल न्यायाधीशको इजलासमा तोकिएको हो। सोमबार हेर्न नभ्याउने हुँदै सरेमा बाहेक सुनुवाइ हुने देखिन्छ। सुनुवाइ भएमा निवेदकहरुले मात्र बहस गर्नेछन्। निवेदकहरुको तर्कका आधारमा इजलासले टिकटकमाथिको प्रतिबन्ध खोल्ने वा नखोल्नेबारे आदेश दिने छ। 

कारण देखाउ आदेश र लिखित जवाफसँगै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश, अन्तरकालीन अन्तरिम आदेश र मुद्दाको अन्तिम सुनुवाइ नभए सम्मका लागि अन्तरिम आदेश दिन सक्ने छ। सर्वोच्चले उपयुक्त लागेका इजलासबाटै मिति तोकेर तत्कालै केही दिनभित्र लिखित जवाफ मगाएर अन्तिम फैसला पनि सुनाउन सक्ने छ।

विगतमा यस्ता अभ्यासहरु पनि भएका छन्। प्रतिनिधि सभा विघटन, कोशी प्रदेशको सरकार गठनसहितका महत्त्वपूर्ण विवादहरुका सर्वोच्चले यो अभ्यास गर्दै आएको छ। सर्वोच्चले पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा सरकारी निर्णय बदर भइ फैसला नभए सम्मका लागि टिकटक पुनः चलाउन पाइने छ।

सर्वोच्च अदालतको न्यायिक इतिहास हेर्दा अभिव्यक्ति स्वतन्त्रताको हकमा उदार देखिन्छ। सार्वजनिक सञ्चारमाध्यम, नागरिकको वाक स्वतन्त्रता र अभिव्यक्तिका विषयमा खुला हुनुपर्ने व्याख्या सर्वोच्चले यसअघिका मुद्दामा पनि गरेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया