सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महंगो, तोलाको एक लाख १७ हजार ४०० रुपैयाँ
- BFIS News
 - 2023 Nov 27 13:17
 
                    
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महंगो भएको छ । आइतबार सुनको भाउ प्रति तोला ५०० रुपैयाँले बढेर एक लाख १७ हजार ४०० रुपैयाँमा कायभ भएको छ । आजको मूल्यले यस भन्दा अगाडीको सर्वाधिक धेरैको रेकर्डलाई तोडेको हो । यस भन्दा अगाडी कात्तिक १२ गते १ लाख १७ हजार पुगेको थियो ।
तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोजावी सुनको भाउ १ लाख १६ हजार ३५० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ०१२ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया