NIMB Header 2
Nepal Life

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छः सचिव दुवाडी

National Life
  • BFIS News
  • 2023 Nov 28 21:35
राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छः सचिव दुवाडी
Sanima Reliance

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन् ।

Shikhar
NIMB

सचिव दुवाडीले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै यस्तो सुधारका क्रममा राज्यमाथि अतिरिक्त व्ययभार हुन नहुने तथा उपभोक्तामाथि पनि अन्याय गर्न नहुने बताए ।

नेपाल एलपी ग्यास उद्योग संघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा सचिव दुवाडीले भने, “राज्यकोषमा भार नपर्ने तथा जनताले पाउने सुविधामा कटौती नगरी सबैखाले सुधार गर्न सरकार तयार छ ।”

उद्योगी व्यवसायीको पीरमर्का बुझ्ने माथिल्लो निकाय भनेकै आफ्नो मन्त्रालय रहेको उल्लेख गर्दै सचिव दुवाडीले देशमा व्यवसाय गर्ने वातावरण छ  भन्ने अवस्था सिर्जनाका लागि आफूले काम गर्ने प्रतिवद्धता जनाए ।

संस्थागत सुशासनको क्षेत्रमा सुधार गर्ने तथा जनतासँग जोडिएका विषयमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउँदै सचिव दुवाडीले ग्यास उद्योगीले मापदण्डअनुसार ग्यास सिलिण्डरको गुणस्तर कायम राख्न तथा निर्धारित तौलअनुसारका ग्यासमात्र बिक्री गर्नुपर्ने बताए ।

भेटमा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आगलागीजस्ता घटनामा कुनै अध्ययन अनुसन्धान नगरी ग्यास सिलिण्डरका कारण दुर्घटना भएको भन्नेजस्ता अफवाह फैलाइने गरिएका कारण बिमामा समस्या हुनथालेको बताए । अध्यक्ष घिमिरेले आगलागीका घटनापछि बिमाको लोभमा सिलिण्डर पड्किएर भन्ने कागजात बनाउन प्रहरी र स्थानीय जनप्रतिनिधिको मिलेमतो देखिएको भन्दै यस्तो विकृति  नियन्त्रण गर्नुपर्ने बताए ।

ग्यास प्रयोग सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि सरकार र व्यवसायीबीच यसअघि भएको सहमति कार्यान्वयन हुनुपर्ने संघको माग छ । भेटमा संघका पूर्वअध्यक्ष सावरमल अग्रवाल, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, सचिव अमित अग्रवाललगायत सहभागी थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया