NIMB Header 2
Nepal Life

सिटी एक्सप्रेस र एट्टिक रेष्टुरेन्ट विच सम्झौता, सिटि एक्सप्रेसका ग्राहकले रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने

National Life
  • BFIS News
  • 2023 Nov 30 17:42
सिटी एक्सप्रेस र एट्टिक रेष्टुरेन्ट विच सम्झौता, सिटि एक्सप्रेसका ग्राहकले रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने
Sanima Reliance

काठमाडौं । नेपालको हस्पिटालिटी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच बिहीबार एक सम्झैतापत्रमा हस्ताक्षर भएको छ ।

Shikhar
NIMB

सम्झैता पत्रमा एट्टिक रेष्टुरेन्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजका तर्फबाट सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौतामा दुवै कम्पनीले आफ्ना कर्मचारी र ग्राहकलाई उचित मूल्यमा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने उल्लेख छ । साथै सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजको मान्यता प्राप्त ग्राहकलाई एट्टिक रेष्टुरेन्टमा १० प्रतिशत छुट दिइनेछ ।

दुबै कम्पनीले आगमी दिनमा सञ्चालन गर्ने सामाजिक कार्यहरुमा एकअर्काको प्रबर्द्धन गर्ने र दुई पक्षबीच हातेमालो गरी अघि बढ्ने सहमति गरेका छन् ।

“नेपाली वित्तीय क्षेत्रको एक प्रतिष्ठित संस्थासँग मिलेर काम गर्न पाउँदा हामी खुसी छौं । आगामी दिनमा एक अर्काले आयोजना गर्ने कार्यक्रममहरुमा पनि सहकार्य हुने आशा गर्दछु, मलाई आशा छ कि यो सहकार्यले हाम्रा ग्राहकहरूलाई एकै ठाउँमा उभ्याउनेछ “ सम्झैतापत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेष्टुरेन्टका बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्टले बताइन् ।

सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजले चाडै नै सिटी वालेट नामक प्रतिस्पर्धात्मक डिजिटल वालेट सेवा सुरु गर्दैछ । सिटी वालेट बजारमा आएपछि ग्राहकवर्गलाई आगामी दिनमा आर्थिक कारोबारमा सहज हुने अपेक्षा गरिएको छ ।

“कर्पोरेट बैठकहरूको लागि एटिक रेष्टुरेष्ट सदैव पहिलो गन्तव्य भएको हो । र, नेपाली हस्पिटालिटी क्षेत्रको एक अग्रणी संस्थ एट्टिक रेष्टुरेष्टसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौं। सिटी ग्रुपले हाम्रा ग्राहकहरूलाई पैसाको कारोबार गर्न सजिलो बनाउन सिटी वालेट सेवा सुरु गर्दैछ।। र, उनीहरूलाई आजको बजारमा उपलब्ध उत्कृष्ट सेवाहरू प्रदान गर्नेछ,” सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

काठमाडौंको ज्ञानेश्वर अवस्थित एट्टिक रेस्टुरेन्टको स्थापना सन् २००९ मा भएको हो । स्थापना कालदेखी एट्टिक रेष्टुरेष्टले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । र, यसलाई निरन्तरता दिनेमा प्रतिवद्धता व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया