NIMB Header 2
Nepal Life

हिमालयन डिष्ट्रिलरीको लाभांश घोषणा, १५ प्रतिशत नगद सहित १० प्रतिशत बोनस शेयर वितरण गर्ने

National Life
  • BFIS News
  • 2023 Dec 04 10:53
हिमालयन डिष्ट्रिलरीको लाभांश घोषणा, १५ प्रतिशत नगद सहित १० प्रतिशत बोनस शेयर वितरण गर्ने
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो । 

Shikhar
NIMB

मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी, सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

दोस्रो बजारमा लगानीकर्ताको सर्वाधिक आकर्षणमा पर्दै आएको हिमालयनको लाभांश दर घट्न थालेको छ । कम्पनीले गएका वोनस शेयर सहित आकर्षक लाभांश दिदा प्रतिशेयर आम्दानीमा गिरावट आइरहेको छ । जसले गर्दा लाभांश दरमा पनि कमि आएको हो । 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया