तारागाउँ रिजेन्सी होटल्सले शेयरधनीलाई नगद र बोनस सहित १५ प्रतिशत लाभांश दिने
- BFIS News
 - 2023 Dec 04 11:07
 
                    
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
होटलले घोषणा गरेको लाभाश् शेयरधनीहरुले भने आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात प्राप्त गर्ने छन् । होटलको हालको चुक्ता पूँजी एक अर्ब ८८ करोड रहेको छ । धेरै वर्ष पछि होटलले यस पटक ४ प्रतिशत बोनस शेयर पनि वितरण गर्ने भएको हो । यस भन्दा अगाडीका वर्षमा नगद लाभांश मात्रै वितरण गर्दै आइरहेको थियो ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया