NIMB Header 2
Nepal Life

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

Muktinath Bank
  • BFIS News
  • 2023 Dec 04 16:51
जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान
National Life

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ ।नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेड वापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्य सहित इप्पान प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेको हो ।

NIMB

इप्पानका विज्ञ सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप २८ मा भाग लिन सोमबार युएई प्रस्थान गरेका छन् । कोप २८ मा भाग लिने टोलीको विदाई गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धीमुलक बनाउन आग्रह गरे । विगतमा नेपालले कार्बन ट्रेड वापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भएपनि अब इप्पानले विज्ञ समूह बनाएर कार्बन ट्रेड वारे अध्ययन गर्ने र अरु देशका जलविद्युत प्रवर्द्धकले लिइरहेको सुविधा नेपाली प्रवर्द्धकलाई पनि दिलाउन पहल गर्ने खतिवडाले बताए ।

इप्पानका सल्लाहकार कृष्णप्रसाद भण्डारीले युएईमा जापान, अमेरिका लगायतका विकसित मुलुकका प्रतिनिधिसँग साइड लाइन वार्ता गरेर नेपालमा जलवायु सम्बन्धी फण्डहरु भित्र्याउन पहल गर्ने बताए ।

नेशनल हाइड्रोपावरले कार्बन बिसर्जनको अध्ययन गरेको उल्लेख गर्दै भण्डारीले नेपालमा सञ्चालनमा आएका सबै जलविद्युत आयोजनाले यस बारेमा अध्ययन गर्ने हो भने प्रवर्द्धकहरुले कार्बन बिसर्जन गरेवापत ठूलो रकम पाउने पनि बताए ।

इप्पानका कार्यसमिति सदस्य मिथुन पौडेलले ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानबाट ४५० बढी हाइड्रोपवारको प्रतिनिधित्व गरेर जलवायु सम्मेलनमा सहभागी हुन लागेको भन्दै इप्पानको लागि जलवायु सम्बन्धी च्यारीटी फण्डहरु ल्याउन पहल गर्ने बताए ।

इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन बिसर्जनको दुई तिहाइ हिस्सा निजी क्षेत्रको भएपनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अव निजी क्षेत्रले पनि लाभ पाउने गरी कोप २८ मा इप्पानका एजेण्डा प्रस्तुत गर्न आग्रह गरे ।

कोप २८ का लागि सोमबार युएई प्रस्थान गरेको टोली बिहीबार नेपाल फिर्ता हुनेछ । कोप २८ मा सहभागी हुने इप्पानको टोलीलाई उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा र उपमहासचिव प्रकाश दुलालले बिदाई गरेका थिए ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया