NIMB Header 2
Nepal Life

सरकारले तोक्यो उखुको समर्थन मूल्य, किसानले प्रति क्विन्टल ६३५ रुपैयाँ पाउने

National Life
  • BFIS News
  • 2023 Dec 20 15:42
सरकारले तोक्यो उखुको समर्थन मूल्य, किसानले प्रति क्विन्टल ६३५ रुपैयाँ पाउने
Sanima Reliance

काठमाडौं। सरकारले उखुको समर्थन मूल्य तोकेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले उखुको समर्थन मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको हो।

Shikhar
NIMB

मन्त्रिपरिषद्ले तोकेको मूल्यमध्ये ५६५ रुपैयाँ उद्योगले दिनुपर्नेछ। बाँकी ७० रुपैयाँ सरकारले अनुदानका रुपमा किसानलाई उपलब्ध गराउने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

केही दिनअघि मात्र नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य सक्दो चाँडो तोक्न कृषिमन्त्री वेदुराम भुसालको ध्यानाकर्षण गराएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया