NIMB Header 2
Nepal Life

सिइओ नटिक्ने माछापुच्छ्रे बैंकमा सन्तोष कोइरालाको दोस्रो कार्यकाल, यस्तो छ चार वर्षको उपलब्धी

National Life
  • BFIS News
  • 2023 Dec 21 17:43
सिइओ नटिक्ने माछापुच्छ्रे बैंकमा सन्तोष कोइरालाको दोस्रो कार्यकाल, यस्तो छ चार वर्षको उपलब्धी
Sanima Reliance

काठमाडौँ । माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको कार्यकाल थप्ने निर्णय गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले कोइारालाको कार्यकाल थप गर्ने निर्णय गरेको हो । 
 

Shikhar
NIMB

कोइरालाको कार्यकाल सकिनु भन्दा चार महिना अगाडी नै दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । सिइओ कोइरालाको कार्यकाल आगामी बैशाख एक गतेदेखि सकिदैछ । 

बैंकले उनलाई २०७७ बैशाख एक गतेदेखि लागु हुने गरि चार वर्षका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । बैंकको सञ्चालक समितिको बैंठकले यस अगाडिका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई अवकाशपत्र थमाएर कोइरालालाई कामू कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो। करिव २१ महिना मात्रै टिकेका शर्मा भन्दा पहिला निजर श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । उनि पनि तत्कालिन अवस्थामा कार्यकाल पुरा नगरि राजिनामा दिएर बाहिएका थिए । 

बैंकिङ क्षेत्रमा करिव दुई दशक विताएर माछापुच्छ्रेको प्रमुख कार्यकारी अधिकृत पद सम्हालेका कोइरालाले विगत चार वर्षको अवधिमा बैंकलाई नयाँ उचाइमा पुर्याएका छन् । उनको कार्यकालभर बैंकले शेयरधनीलाई पनि राम्रो लाभांश प्रदान गर्दै आइरहेको छ । यसले गर्दा पनि मिजासिलो स्वभावका कोइराला सञ्चालकको रोजाइमा पर्न सफल भएका छन् । 

सिइओ कोइरालाको चार वर्षको सफलता 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया