NIMB Header 2
Nepal Life

प्रभु बैंकका शाहमाथि एक करोड बढी रकम अपचलनको आरोप

National Life
  • BFIS News
  • 2024 Feb 14 10:08
प्रभु बैंकका शाहमाथि  एक करोड बढी रकम अपचलनको आरोप
Sanima Reliance
Shikhar
NIMB

काठमाडौं - प्रभु बैङ्कका एक कर्मचारीले एक करोड बढी रकम अपचलन गरेको आरोप लागेको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहलाई उक्त आरोप लागेको हो। 

शाहले १ करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको दाबी गरिएको छ। शाहविरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपैयाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन गरेको थियो।

रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार छन्। उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया