NIMB Header 2
Nepal Life

३१ विधामा टुरिजम हिरो अवार्डस् वितरण गरिँदै

National Life
  • BFIS News
  • 2024 Feb 15 14:41
३१ विधामा टुरिजम हिरो अवार्डस् वितरण गरिँदै
Sanima Reliance
Shikhar
NIMB

 नेपालमा नै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस्, २०२४ वितरण गरिने भएको छ। नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका विभिन्न व्यक्ति तथा संस्थाहरू मध्येबाट उत्कृष्ट ३१ लाई पुरस्कृत गर्न लागिएको हो। 

आगामी मार्च १९ मा काठमाडौंमा भव्य कार्यक्रमसहित टुरिजम हिरो अवार्डस् २०२४ वितरण गरिने आयोजक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले जनाएको छ। विभिन्न ३१ विधामा हुने पुरस्कार वितरणमा छानिएका हिरोहरूलाई अवार्ड तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा ५ सय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आफैँले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्। 

यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइनेछन्। भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने आधिकारिक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढीभन्दा बढी भोटिङका लागि आह्वान गरिनेछ। प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरीहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरी टुरिजम हिरो अवार्ड ट्रफी समेत हस्तान्तरण गरिनेछ। यो सम्पूर्ण प्रक्रिया वेभमा आधारित र निःशुल्क हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया