NIMB Header 2
Nepal Life

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित १२ जना दोषी ठहर

National Life
  • BFIS News
  • 2024 Feb 15 21:20
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित १२ जना दोषी ठहर
Sanima Reliance
Shikhar
NIMB

 

ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ। अदालतले चार वर्षअघि दायर मुद्दामा बिहीबार फैसला सुनाएको हो। २३ दिनसम्म निरन्तर सुनुवाइपछि अदालतले फैसला आएको हो।

विशेष अदालतका न्यायाधीश खुशी प्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला सुनाएको हो। 

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ पाएका छन्। पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त भने दोषी ठहर भएका छन्। रामकुमार सुवेदी र शोभाकान्त ढकाल पनि दोषी ठहर भएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि दोषी ठहर गरिएको छ।

 कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई पनि विशेषले दोषी ठहर गरेको छ।

 प्रतिवादीहरुलाई दामासाहीले हुन आउने ९ करोड ६५ लाख ७६ हजार बराबरको हुन आउने बिगो जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैदको फैसला भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको उल्लेख गर्दै २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उक्त जग्गा प्रकरणमा अख्तियारले चार पूर्वमन्त्री र तीन  पूर्वसचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो । उक्त जग्गा प्रकरणमा अख्तियारले ११० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया