NIMB Header 2
Nepal Life

९० सेवा प्रदायक कम्पनीलाई राजस्व तिर्न प्राधिकरणको ताकेता

National Life
  • BFIS News
  • 2024 Feb 16 14:27
९० सेवा प्रदायक कम्पनीलाई राजस्व तिर्न प्राधिकरणको ताकेता
Sanima Reliance
Shikhar
NIMB

 

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा उपलब्ध गराएबापत सरकारलाई बुझाउनु पर्ने राजस्व नतिरेका ९० वटा इन्टरनेट सेवा प्रदायकहरूको नाम सार्वजनिक गरेको छ।

प्राधिकरणले सेवा प्रदायकहरूले सरकारलाई राजस्व नबुझाएको भन्दै नियमानुसार फागुन मसान्तभित्र बुझाउन अनुरोध गर्दै सूचना प्रकाशन गरेको हो।

सूचनासँगै प्राधिकरणले राजस्व नबुझाउने सेवा प्रदायकहरूको सूची सार्वजनिक गरेको छ। जसमा भायानेट कम्युनिकेसन, क्लासिक टेक, ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, सिजी कम्युनिकेसन, डिस मिडिया नेटवर्क, फाइबर नेट कम्युनिकेसन, वाइफाई नेपाल लगायत ९० वटा सेवा प्रदायकको नाम उल्लेख छ। 

यी सेवा प्रदायकहरूले आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण अनुसार बुझाउनु पर्ने कुल आम्दानीको चार प्रतिशतले हुने रोयल्टी बापतको रकम र दुई प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बापतको रकम तोकिएको अवधिभित्र नबुझाएको समेत बताएको छ।

list-1708064550.jpg

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया