बचतकर्ताको एक अर्ब बढी रकम हिनामिनाको आरोपमा सुप्रिम सहकारीका अध्यक्ष पक्राउ
- BFIS News
- 2024 Feb 17 13:02
काठमाडौं । बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।
बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैले गितेन्द्रबाबु राई नेतृत्वको सहकारी सुप्रिम मार्फत १० हजार ३ सय ९१ जना बचतकर्ताहरूको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोप छ।
इलाका प्रहरी कार्यालय बुटवलले लुम्बिनी प्रदेशको सहकारी रजिस्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरूको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरीएको बताए ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)





प्रतिक्रिया