NIMB Header 2
Nepal Life

ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीको  : माग

National Life
  • BFIS News
  • 2024 Feb 17 14:55
ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीको  : माग
Sanima Reliance

काठमाडौं । ट्रक व्यवसायीहरुले ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न  सरकारसँग माग गरेका छन् ।

Shikhar
NIMB

शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २३ औँ साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्दै ट्रक व्यवसायीहरुले यस्तो माग गरेका हुन् । भारतीय ट्रकहरु नियम, कानुन विपरित ओभरलोड बोकेर चल्ने गरेको भन्दै तत्काल राेक्नुपर्ने उनीहरुको माग छ । भारतीय ट्रकहरुलाई नेपालमा निर्बाध रुपमा चल्न दिनु नहुने ट्रक व्यवसायीहरुकाे माग छ ।ओभरलोड बोकेर नेपालमा चल्ने भारतीय ट्रकसँग  नेपाली ट्रकले प्रतिस्पर्धा गर्न नसक्ने याताायात व्यवसायीहरुले बताए ।

लाखौँ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरुको गुनासो छ । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीहरुले गुनासो गरे । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनु पर्ने बताए। उनले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको पनि बताए ।

उनले ट्राफिक प्रहरीको ज्यादति र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन हुनु परेको बताए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया